काठमाडौँ । सरकारले बिमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई आगामी ४ वर्षको लागि समितिको अध्यक्षमा नियुक्त गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । उनी २०७० चैतदेखि २०७२ मंसिरसम्म गृहसचिवको भूमिकामा थिए । बिमा समितिको अध्यक्ष पद पुस २४ गते देखि रिक्त थियो ।
बिमा समितिको अध्यक्षमा पूर्वसचिव सिलवाल नियुक्त
