काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले नवौं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। बुधबार बर्दियाको ठाकुरद्वारामा बसेको सो बैठकले आगामी जेठ १३ र १४ गते नवौं महाधिवेशन गर्ने निर्णय गरेको प्रेस युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने विषयमा सचिवालयले टुंगो लगाउने उनले बताए। यसअघि गत चैत २१ र २२ गते बाँकेको नेपालगञ्जमा युनियनले महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गरिएको थियो।
नेपाल प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हुने
