काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै पदोन्नति भएका ६१ उपसचिवको सरुवा र पदस्थापन गरी कामकाजमा खटाएको छ। बिहिबार बसेको संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो।
मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न कार्यालयहरूमा पठाएको हो । सबैभन्दा बढी २२ उपसचिव स्थानीय तहमा पठाइएको छ।
हेर्नुहोस् सूची


