काठमाडौँ । बारामा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । महागढिमाई नगरपालिका- १ निवासी ४५ वर्षीया कान्ती देवी कुशवाहाको हत्या भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
हत्या कसले र किन गरेको हो भन्ने बारेमा हालसम्म खुल्न नसकेको मिश्रको भनाइ छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।