काठमाडौँ । प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ। १६५ को (ख) मा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिलाई पदमुक्त गरेमा पद रिक्त हुने अवस्था छ।
परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। उनी २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
