काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएका छन्। पार्टीभित्र विवाद बढ्दै गएको बेला ओलीले शनिबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन्।
संसदीय दलको बैठक सकेलगत्तै केन्द्रीय कमिटीको बैठक पनि सोही स्थान बस्ने जनाइएको छ। यता ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।
शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताएका छन्।


 
					
							 
			 
                             
                             
                             
                             
                            