मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि मेला महोत्सव, जुलुस, धर्ना, आमसभा, खेलकुद लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यबस्थापन समितिको बैठकले सामाजिक तथा भौतिक दुरी कायम गरी अत्यावश्यक बैठक, प्रशिक्षण, गोष्ठि संचालन गर्नुपरेमा स्थानीय प्रशासनको अनिवार्य स्वीकृति लिनुपर्ने समेत निर्णय गरेको छ । जसको लागि कम्तिमा २५ जना मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड सहित उपस्थित हुनुपर्ने छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित व्यापार व्यबसायहरु राति १० बजे सम्म मात्र सञ्चालन गर्ने, सार्वजनिक सवारी साधानमा क्षमता भन्दा बढी यात्रुहरु नराख्ने तथा अनिवार्य रुपमा चालक, सह चालक तथा यात्रुहरु समेतले स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाका सबै स्थानीय तहको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारी प्रतिकार्य योजना बनाई पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
बैठकमा मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा, सानीभेरि गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन, त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्ट, आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव लम्साल, बाफिकोट गाउँपालिकाका निमित्त प्रुमख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्का लगायत जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्ता छन् निर्णयहरु :



