दिवस पोखरेल । नेपाल तरुण दल चौरजहारी नगर समितीको नेत्तृत्वमा चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको चौरजहारी रंगशालाको सरसफाई गरिएको छ। गत चैत्र २६ देखि बैशाख ३ सम्म उधोग वाणिज्य सघ र नगर सङ्गित समितिको आयोजनामा संचालन गरिएको दोस्रो बृहत् चौरजहारी महोत्सवमा जम्मा भएको फोहोर ब्यवस्थापनमा कसैले चासो नदेखाएकोले तरुण दलको अग्रसरतामा सरसफाई अभियान सुरू गरिएको नेपाल बिद्यार्थी संघका नेता सुशिल खड्काले जानकारी दिनुभएको छ ।
उक्त महोत्सव चैत्र २६ देखि बैसाख ५ गते सम्म संचालन गर्ने भनिए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै आयोजकले बैशाख ३ देखि बाट स्थगित गरेको थियो । विभिन्न मेला महोत्सव तथा अन्य कार्यक्रमहरु आयोजना हुने तर जम्मा भएको फोहोरका कारण हुने वातावरणीय प्रभावका कारण जान्दा जान्दै पनि फोहोर व्यबस्थापनमा सम्बन्धितको ध्यान नजानु दुख पुर्ण कुरा हो, सकारात्मक रुपान्तरण हामी आफै बाट सुरुवात हुनु पर्दछ भन्ने भावनालाई आत्मसाथ गर्दै नेपाल तरुण दलको नेतृत्वमा हामी उधोगी व्यापारी, यातायात व्यावसायी मिलेर सरसफाई कार्यक्रम आयोजना गरिएको उधोग बाणिज्य संघ चौरजहारीका उपाध्यक्ष एव नेपाली काँग्रेस चौरजहारीका नेता यदु कुमार आचार्यले बताउनु भयो ।
पाँच क्वीन्टल भन्दा धेरै फोहोर सङ्कलन र व्यवस्थापन गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । उक्त सरसफाई कार्यक्रममा नेपाली काँग्रेस जन सम्पर्क समिती समन्वय विभागका सदस्य तिलक भण्डारी, सिस्ने हिमाल यातायात व्यावसायी प्राली रुकुमका अध्यक्ष जितेन्द्र बुढाथोकी, उद्योग बाणिज्य संघ चौरजहारीका महासचिव केशब गिरी, उधोगी, व्यापारी, यातायात व्यावसायी लगायतको उपस्थिती रहेको थियो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/04/176927241_2853112984900678_1677932493039023587_n.jpg?resize=640%2C480&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/04/176738350_2853113091567334_1095585536444483054_n.jpg?resize=640%2C480&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/04/176481608_2853113048234005_3757500848314431216_n.jpg?resize=640%2C853&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/04/175560002_2853112924900684_7902990879405335273_n.jpg?resize=640%2C853&ssl=1)