मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि औषधी तथा आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । आइतबार नगरपालिका अन्तरगतका स्वास्थ्य केन्द्रहरुमा औषधी र स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीका अनुसार १५ वटा स्वास्थ्य केन्द्र र १ वटा आयुर्वेद केन्द्रमा १९ प्रकारका औषधि, पिपिई, सर्जिकल मास्क, सेनिटाइजर, थर्मलगण वितरण गरिएको अधिकृत तिवारीले बताउनुभयो ।
अहिले गाउँमा ज्वरो र रुघाखोकीका लक्षण देखिएका बिरामीहरुको संख्या दैनिक बढेपछि नगरपालिकाले उनीहरुको उपचारका लागि थप सहयोग पुग्ने उद्देश्यले आवश्यक स्वास्थ्य सामग्री र औषधिको व्यवस्था गरिएको अधिकृत तिवारीले बताउनुभयो ।
यस्तै नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सबै वडाका जनप्रतिनिधि, कर्मचारीहरु सक्रियताका साथ लागि परेको र आवश्यता अनुसार नगर क्षेत्रका शिक्षकलाई पनि परिचालन गरिने नगरपालिकाले जनाएको छ ।