मुसिकोट । रुकुम पश्चिममा जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । यस अघि जेठ २२ गते सम्म कायम गरिएको निषेधाज्ञा कोरोना संक्रमण दर कायमै रहेकोले जेठ ३१ गते राति १२ बजे सम्म थपिएको हो ।
शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णयका अतिरिक्त सरकारी काम र सर्वसाधारणको सहजताको लागि महत्वपूर्ण निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो । बैठकले निषेधाज्ञाको अवधिमा बैक तथा बित्तिय संस्थाहरु हरेक दिन बिहान १० बजेदेखि २ बजे सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । जसको लागि न्युनतम कर्मचारी परिचालन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य गरिएको छ । यसका साथै बैक तथा बित्तिय सस्थाहरुले यस अवधिमा गाउँमा बचत संकलन तथा समुह बैठक गर्न भने नपाउने भएका छन् ।
सरकारी कार्यालयले ५० प्रतिशत कर्मचारी उपस्थित गराएर अत्यावयक सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । सवारी साधन मर्मत गर्ने वर्कसपहरु बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्ने र एम्बुलेन्सको भाडामा एकरुपता ल्याउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति समेत बनाईएको छ ।
जिल्लामा हाल सम्म कोरोना सक्रमणको कारण २५ जनाको ज्यान गएको छ भने ४ सय ६६ जना सक्रिय कोरोना संक्रमिति रहेका छन् ।
बैठकका निर्णयहरु :


