मुसिकोट । रुकुम पश्चिममा आजदेखि बैंक तथा वित्तिय संस्थाहरू सञ्चालन हुने भएका छन् । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त अब हप्ताको ५ दिन खुल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो ।
अब बिहान १० बजे देखि दिउँसो २ बजे सम्म आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैंक तथा वित्तिय संस्थाहरु खुल्ने भएका छन्। यस अघि हप्तालमा दुई दिन मात्रै बैंक तथा वित्तिय संस्थाहरु खुल्ने गरेका थिए । यसका साथै बैक तथा वित्तिय सस्थाहरुले यस अवधिमा गाउँमा बचत संकलन तथा समुह बैठक गर्न भने पाईने छैन ।
यस्तै सरकारी कार्यालयले ५० प्रतिशत कर्मचारी उपस्थित गराएर अत्यावयक सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । सवारी साधन मर्मत गर्ने वर्कसपहरु बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्ने र एम्बुलेन्सको भाडामा एकरुपता ल्याउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति समेत बनाईएको छ ।