मुसिकोट । जिल्ला अस्पताल सल्लेमा रहेका कोरोना भाईरस संक्रमित बिरामी र कुरुवाको लागि निशुल्क खाना खुवाउदै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले गरिरहेको स्वयम् सेवाको चौतर्फि चर्चा हुनका साथै अभियानमा सहयोग गर्नेहरु र साथ दिनेहरु बढिरहेका छन् ।
यसैबिच आईतबार निशुल्क खाना खुवाउने अभियानको लागि रुकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगामा २०६२ सालमा एसएलसी दिएका विद्यार्थीहरुले खाद्यन्न र स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका छन । करिब १ लाख बराबरको सामाग्रीहरु आज निशुल्क खाना तयारीको लागि मेस सञ्चालन भैरहको सरस्वती माध्यमिक विद्यालय सल्लेमा हस्तान्तरण गरिएको हो ।
जिल्ला भित्र र केहि जिल्ला बाहिर विभिन्न पेशामा आवद्ध २४ जना पूर्व विद्यार्थीहरुले करिब १ लाख बराबर रकम संकलन गरेर खाद्यन्न र स्वास्थ्य सामाग्री उपलब्ध गराईएको अभियानको सहयोगी सुष्मा घर्तिमगरले जानकारी दिनुभयो । उहाँले आफुहरुले निस्वार्थ रुपमा सहयोग गरेको र सामाजिक क्षेत्रमा काम गर्न पूर्व बिद्यार्थीहरु एकजुट भएको बताउनुभयो।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा १ का वडा अध्यक्ष बिरबल केसी, वडा सदस्य टेक बहादुर बिसि, त्रिभुवन जनता माविका प्राचार्य हरि प्रसाद खनाल, शिक्षक संगम केसि, डम्मर खड्का, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्राध्यापक हरिबिष्णु ओली, सरस्वती मावि सल्लेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर थापा, प्राचार्य खम्बु थापा, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, प्रहरी नायव निरीक्षक शेर बहादुर चन्दको उपस्थिति रहेको थियो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/06/FB_IMG_1622995520558.jpg?resize=640%2C958&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/06/FB_IMG_1622995506024.jpg?resize=640%2C958&ssl=1)