चैत २२ कठमाडौं
नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना सरेको पुष्टि भएको छ।
ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।
मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ । यो जनाकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसूवूक पेजमा राखिएको छ ।