काठमाडौ । अबैध लागुऔषध सहित ललितपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोवाटोले मंगलबार बालकुमारी, ग्वार्को र चापागाउ दोवाटो वडा एरियाबाट लागु औषध कारोबारमा संलन ३ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा शक्तिलाल साहु, राजकुमार साह र रुपेश बादिकार रहेका छन् ।
प्रहरी निरिक्षक हरि ओलीको नेतृत्वमा गएको प्रहरीको बिशेष टोलीले उनीहरुको साथबाट अबैध डाईजाल्याब एम्पुल ५९ थान, नुफिन एम्पुल ६२ थान, फेनारगन एम्पुल ५९ थान बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गत जेठ २१ गते ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ३ नौधारा नजिक सडकखण्डबाट प्रशन्न राज महर्जन र हाईड्रोङ उर्फ कृष्ण गुप्ता भन्ने कृष्ण कुमार बि.क. लागु औषध सम्बन्धी कसुर मुद्धामा पक्राउ परेका र उनीहरुको म्याद थप भई अनुसन्धान कार्य जारी रहेकोमा थप अनुसन्धानको क्रममा मंगलबार तीन जना पक्राउ परेका हुन् ।

