दाङ । दाङमा कार्यरत ईन्जिनियरहरुको समुहले तुलसीपुर उपमहानगरपालिकाद्वारा संचालित तुलसीपुर मेट्रो अस्पताललाई सहयोग गरेको छ ।
अस्पताललाई १ लाख ६ सय ४६ रुपैयाँ प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत अटोमोवाइल ईन्जिनियर प्रमोद रेग्मीले बताउँनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ईन्जिनियर समुहलाई बिशेष धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा ईन्जिनियर समुहसंग उपमहानगरपालिकाले सहकार्य गर्न तयार रहेको नगर प्रमुख पाण्डेले बताउँनुभयो ।
सो समुहको नेतृत्व ईन्जिनियर प्रमोद रेग्मी, श्रीधर डाँगी, पदम पोख्रेलले गर्नुभएको थियो ।

