रुकुम पूर्व । राप्ती समाज जापानले रुकुम पूर्वमा एक थान १० लिटरको अक्सिजन कन्सन्ट्रेक्टर प्रदान गरेको छ ।
राप्ती समाज जापानका संरक्षक बिशेश्वर रेग्मीले जिल्ला समन्वय समिती रुकुम पूर्वका प्रमुख गजेन्द्र बहादुर ओलि र प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई उक्त अक्सिजन कन्सन्ट्रेक्टर उपलब्ध गराउनु भएको समाजसेवी मदन शाहले बताउनुभयो । स्वास्थ्य सामाग्रीको लागि पहल गर्नुभएका शाहले राप्ती समाज जापानले रुकुम पूर्वको लागि गरेको सहयोग प्रति जिल्लावासीको तर्फबाट धन्यबाद समेत व्यक्त गर्नुभएको छ ।
समाजले कोरोना महामारी बिरुद्धको कार्यमा गरेको यस मानविय सेवाको लागि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले प्रशंसा पत्र समेत प्रदान गरेको छ । प्रशासन कार्यालयले शुक्रबार राप्ती समाज जापनलाई प्रशंसा पत्र प्रदान गरेको हो । प्रशासन कार्यालयको तर्फबाट उक्त मेसिन उपलब्ध गराएको धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि परोपकारी सेवाको अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र बुढा क्षेत्रीले जनाउनुभयो ।

