मुसिकोट । रुकुम पूर्वको मुख्य पर्यटकिय क्षेत्रको रुपमा परिचित कमलदह क्षेत्र वरिपरि सरसफाई गरिएको छ । शनिबार सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमलदह वरिपरि सकारात्मक सोच र सहकार्यका लागि युवा समुह रुकुमकोटको अगुवाईमा सरफाई गरि विभिन्न प्रजातिका बोटबिरुवा र फलफुलका बिरुवा रोपिएको अभियान्ता मदन शाहले जानकारी दिनु भयो ।
युवाहरुको समुहले कमदह वरिपरि लगाएका बिरुवा र फुल गोडमेल गर्नुका साथै विभिन्न प्रजातिका थप बिरुवा र फुलहरु रोपिएको छ । यसका साथै दह परिसर भित्रै रहेको प्रतिक्षालय सरसफाई, दह भित्र फालिएका प्लाष्टिक, बोत्तलहरु हटाइएको छ ।
कमलदहको सौन्दर्यता र शोभा बढाउन उक्त समुहले दुई साता अघिदेखि हरेक शनिबार कमलदह क्षेत्रमा सरसफाई गर्दै आएको छ ।


