मुसिकोट । रुकुम पश्चिमको बैरागीठाँटी सोलाबाङलाई जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ। मुसिकोट नगरपालिका वडा नं. ४ सोलाबाङ र वडा नं. १२ को बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढिका कारण गएराती भत्किएको हो ।
करिब ढलानको काम सकिएको थियो । निमार्णको जिम्मा पाएको इलाईट सुर्य कन्टक्सनका प्रतिनिधि हिरा लामाका अनुसार करिब ५ करोड भन्दा बढी क्षति भएको छ ।
३५ मिटर लम्बाई रहेको उक्त पुल गर्त बर्ष सम्पन्न सम्पन्न हुनुपर्ने भएपनि निमार्ण कम्पनी काम सम्पन्न नगरेपछि सडक विभागले एक बर्ष थप गरेको थियो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/06/198980751_922954601583638_4488988743638004182_n.jpg?resize=640%2C480&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/06/196709739_308407260963835_1363247108676705493_n.jpg?resize=640%2C480&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/06/203859277_4720276311333222_1939544084859881150_n.jpg?resize=640%2C480&ssl=1)