काठमाण्डाै । खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढेर ७ सय ५४ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढेको निगमले दाबी गरेको छ ।