मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ स्थित यमुनानन्द माध्यमिक बिद्यालयमा रहेका कम्प्युटर चोरिको आरोप प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गत आइतबार राती बिद्यालयबाट एक थान डेस्कटप कम्प्युटर सेट र ल्यापट चोरी भएका थिए । चोरी भएको २४ घण्टा नबित्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक जनालाई चोरी कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
मुसिकोट नगरपालिका वडा नं. १ बस्ने २१ बर्षका राजु बिक लाई चोरी भएका मालसामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सुचना अधिकारी प्रहरी निरीक्षक कपिल जंग शाहीले बताउनुभयो । घटनाको थप आवश्यक अनुसन्धान कार्य भैरहेको समेत उहाले जनाउनुभयो ।
