पटकपटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउबाका बिषयमा जति चर्चा भए त्योभन्दा कयौं गुणा बेसी जनार्दन शर्मा प्रभाकरको भयो । त्यसो हुनुको पछाडि उल्लेख गर्नैपर्ने केही मुलभूत कारणहरू छन ।
केही मुलभूत कारणहरू :-
कारण नं १ – जनयुद्धको समयमा प्रम शेरबहादुर देउवाद्दारा टाउकाको मुल्य तोकिएका ब्यक्ति ।
कारण नं २ – जनमुक्ति सेनाका उच्च तहका डेपुटी कमान्डर ।
कारण नं ३ – निरंकुश पञ्चायत बिरोधि आन्दोलनमा सरिक र पटकपटक राजद्रोह मुद्दा खेपेका ।
कारण नं ४ – बिद्रोही , आँटिलो र लडाकु स्वभाव ।
कारण नं ५ – समकालीन नेताहरूभन्दा बेसी भिजनरी ।
कारण नं ६ – राष्ट्रियताको प्रखर हिमायती ।
कारण नं ७ – आन्तरिक र बाह्र प्रतिस्पर्धिहरूका लागि निकै चुनौतीको पहाड ।
कारण नं ८ – २०४८ साल देखि आजसम्म निरन्तर रूकुम जिल्लाबाट माओवादी पार्टीको तर्फबाट सांसद ।
कारण नं ९ – शान्ति स्थापनापछि शान्ति मन्त्रीको जिम्मेवारी , पुर्वाधार निर्माणमा कायपलट , द्वन्द पीडितहरूको अभिलेखिकरण र राहतका कार्यक्रम बनाएर द्वन्द्व पीडितलाई सम्मान ।
कारण नं १० – दोस्रोपटक उर्जा मन्त्री – लोडसेडिङ मुक्त नेपाल ।
कारण नं ११ – देउवा नेतृत्वकै सरकारमा तेस्रोपटक गृहमन्त्री – संघीय र प्रादेशिक प्रहरी संरचना सम्बन्धि कानुन निर्माण र लागू ।
कारण नं १२ – अहिलेको वर्तमान सरकारको अर्थमन्त्री – कोभिड विरूद्धको अभियानमा अग्रभागमा खट्ने स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूलाई जोखिम भत्ता तुरुन्तै वितरणका लागि रकम निकासा । अरूपनि थुप्रै कारणहरू हुन सक्छन् तर माथि उल्लेखित यिनै मुलभुत कारणहरूको पृष्ठभूमिमा जनार्दन शर्मा प्रभाकरको प्रधानमन्त्री देउवा भन्दा बेसी चर्चा भयो । हुनु स्वभाविक पनि हो ।
बिषय प्रबेश :-
सर्वोच्च अदालतको परामादेशबाट गठित शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्री मण्डलमा नेकपा माओवादी केन्द्रको सिफारिसमा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नेपाल सरकारको अर्थमन्त्रीमा नियुक्ति भएका छन । भर्खरै शेरबहादुर देउवा नेतृत्व सरकारले संसदबाट भारी बिस्वास मत हासिल गरिसकेको छ । र जनार्दन शर्मा प्रभाकर देउवा नेतृत्व सरकारका शक्तिशाली मन्त्री बनेका छन । कोभिडको कारण देखाएर अन्तरद्दन्द र अक्रमन्यताको महासागरमा फसेको केपी मण्डलीको सरकारको अहंकारले तहसनहस बनेको देशको अर्थतन्त्रलाई पुनः जागृत , चलायमान र सुदृढ अर्थतन्त्र बनाउने प्रतिबद्धता गरेका छन् । शान्ति मन्त्री , उर्जा मन्त्री र गृहमन्त्री भएर तोकिएको जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गरेको बिस्वासका आधारमा जनार्दन शर्मा प्रभाकर पुनः देउवा सरकार नेतृत्वको सरकारमा अर्थमन्त्री भएका छन । अर्थमन्त्री भएपछि अब उनी अघि कसरी बढ्छन त्यो त हेर्न बाँकी नै छ । उनी अर्थमन्त्री भए लगत्तै यतिबेला सामाजिक सञ्जाल र कतिपय आमसञ्चारका माध्यममा नेपाली समाजलाई संधै गिज्याई रहने एउटा बासी घटना ( सोती ) लाई जनार्दन शर्मा प्रभाकरसंग जोडेर निकै भाइरल बनेको छ । न्यायको अन्तिम लडाइ लडिरहेको र न्याय प्राप्तिको पर्खाइमा रहेको सोती घटना र सोती घटनाको न्याय मर्नेगरि गरिएका कथित प्रचारबाजीले समाजको एउटा पाखण्डि तप्का अझै द्वन्द्वका लागि दाउ हेरेर / कुरेर बसिरहेको सहज अनुमान गर्न सकिन्छ ।
सोती घटना र त्यसको सार संक्षेप :-
२०७७ जेठ १० गते रूकुम पश्चिम चौरजहारी नगरपालिका-८ स्थित भेरी नदीको किनार सोती भन्ने ठाउँमा नेपाली समाजमा अहिलेसम्मकै ठुलो जातीय विभेदका आधारमा घटेको नरसंहारपुर्ण घटना हो । सुस्मिता मल्ल र नवराज बिक बिचको अन्तर जातीय प्रेम सम्बन्ध जसलाई त्यहाँको स्थानीय ठकुरी समाजले स्वीकार गर्न सकेन बरू प्रेमी नवराज बिक लगायत ६ जना किशोरहरूलाई मारेर जेल जान तयार भयो । उक्त घटनाले यही कुरा दर्शाउँछ । जो आधुनिक र सभ्य समाजको लागि निकै लज्जायुक्त घटना हो । क्रुर आपराधिक र संवेदनाहिन जत्थाद्दारा घटाइएको एउटा नरसंहार घटना हो । जुन घटनाको जति निन्दा र भर्त्सना गरेपनि निकै कम हुन्छ । उक्त घटनाको संस्थागत र संरचनागत दोषीका हिसाबले हेर्दा कथित हिन्दु मनुवादी दर्शनद्वारा निर्देशित खस उच्च जातीय अहंकारवादको असली पृष्ठपोषक नेपाली समाजको सामाजिक संरचना ( ब्यबस्था ) हो । अर्थात वर्तमान राज्य ब्यबस्था नै हो । यसमा स्पष्ट हुन आवश्यक छ । किनकि स्वीकार्यताको सवाल कुनै ब्यक्ति बिशेश नभई व्याप्त विभेदमा आधारित नेपाली समाजको सामाजिक संरचना हो । उक्त घटनाको सार संक्षेप यो नै हो ।
मुख्य २ वटा सैद्धान्तिक प्रश्नमा बहस गरौं …
प्रश्न नं १ – प्रश्न व्यक्तिगत हो या संरचनागत ? कुरा कम्पनी चलाएर गर्जो टार्नेहरूले के कुरा बुझ्न जरुरी छ भने सोती घटनामा जनार्दन शर्मा प्रभाकर ब्यक्ति स्वयंको संलग्नता , मतियारि या निर्देशनमाको भएको हो कि नेपाली समाजको असमानता र विभेदकारी सामाजिक संरचनाका कारणमा भएको हो ? यो कुरा प्रष्ट गराउन जरुरी छ । यस कुराको सही ठेगान नलगाएर सोती घटनामा शर्मालाई बारबार जोड्नु केवल पुर्वाग्रह मात्र हुन जान्छ । गर्जो टार्ने मेसो बाहेक अरू केही हुनसक्दैन।
प्रश्न नं २ – प्रश्न समीक्षात्मक हो कि उत्प्रेणात्मक ? तसर्थ सोती घटना जे नहुनु थियो भयो । अब संवेदनाका आँसु चुहाएर पुग्दैन । केही मान्छेहरू छन् जस्ले यो बिषयलाई जनार्दनसंग जोडेर आफ्नो गुजारा गर्छन । साँझ बिहानको छाक टार्छन । उनीहरूले सोती घटनालाई बारबार घोचेर सोतीको मर्म र भावनामाथि प्रहार गर्छन् । बारबार घोचेर सोतीका पीडितहरूलाई झन आहत सृजना गर्छन् । उनीहरूको यो हर्कत घटनालाई सामान्यतिर , न्याय प्राप्तितिर भन्दा पनि भड्कावतिर लिन चाहन्छन् । त्यसैले यो घटनाको जिम्मा राज्यले लिने हो । राज्यले नै न्याय दिने । न कि कुनै ब्यक्ति बिशेशले । अब राज्य र हाम्रो समाजलाई सच्चिने एउटा अवसर ( मौका ) प्राप्त भएको छ । यसबाट राज्य र समाज चुक्यो भने देश एउटा गंभीर संकटत
यसबाट राज्य र समाज चुक्यो भने देश एउटा गंभीर संकटतिर जान्छ । सामाजिक द्वन्दतिर जान्छ । जसका कारण देश तहसनहस बनेका उदाहरण प्रशस्तै छन । त्यसकारण सोती घटना अब समस्या होइन बरू राज्यको विभेदकारी नीति समस्या हो । उसको विभेदकारी चेतना र मानसिकतामा बन्ने र बनेका ऐन कानुनको समस्या हो । विभेद न्युनिकरणका लागि भएका र बनेका ऐन कानुन कार्यान्वयन नगर्ने समस्या हो । सोती घटना भर्सेज जनार्दन शर्मा ? यो बिषयमा राजनीतिक , आर्थिक ,सामाजिक र समाजशास्त्रीय दृष्टिकोण र नेपाली समाजको बिद्दमान सामाजिक संरचना र त्यसढभित्रका तमाम अन्तरबिरोधहरूलाई केलाएर हेर्न आवश्यक छ । सोती घटनाको पछाडि नेपाली समाजको बिद्दमान सामाजिक संरचना दोषी छ । सामन्ती मनुवादी हिन्दु खस उच्च जातीय अहंकारवादी सोच चिन्तन दोषी छ। त्यसको आडमा सोती घटना घटेको छ । जनार्दन निर्देशित घटना हो जस्तै गरेर जनार्दन बिरूद्ध प्रपोकाण्ड फैलाइ रहनु प्रकारान्तरले अर्को अति निम्ताउनु सरह हुन्छ । देशभरका धेरै ठाउँमा सामाजिक विभेद र असमानताका कयन घटनाहरू घटेका छन । यसको मुख्य दोष हाम्रो नेपालको विभेदकारी सामाजिक संरचना हो । यही गलत संरचनालाई भत्काएर राजनीतिक , सामाजिक , आर्थिक , र साँस्कृतिक सम्मानसहितको नयाँ राज्य संरचना निर्माण गर्न दस बर्षे कठिन जनयुद्धमा होमिएका जनार्दनलाई सायदै यो घटनाले सबभन्दा बढी बिक्षिप्त बनाएको हुनसक्छ । किनकि रूकुम जातीय छुवाछूत र सामाजिक विभेद निकै कमी भएको जिल्ला हो ।
सामाजिक साँस्कृतिक रूपान्तरणको लागि अपुर्व त्याग बलिदान गरेको जिल्ला हो । तर यही जिल्लामा जुन खालको घटना घट्यो त्यसको पछाडि उच्च जातीय अहंकारवादी सोचबाट निर्देशित आपराधिक मनोवृत्तिले काम गरेको छ । विभेदकारी सामाजिक संरचनागत अन्तरबिरोधको यही कमजोर छिद्रबाट सोती नरसंहार घटेको हो । न कि जनार्दन शर्माको निर्देशनले । यसकारण यो घटनालाई जनार्दन शर्मा प्रभाकरसंग जोडेर बारबार उठाउनु गर्जो टार्ने बाहेक अरू केही हुँदैन । संसदमा जनार्दन चुकेको कुरा – सामान्य मान्छे चुक्नु र कुनै पनि क्षेत्रको नेतृत्वदायी तहमा पुगेको ब्यक्ति चुक्नु धेरै फरक हुन्छ । यथार्थत: सोती घटना भए लगत्तै जिल्लाबाट गरिएको रिपोर्टिङको आधारमा विस्तृत अध्ययनको अभावमा /हतारमा संसदमा बोल्ने कुराले जनार्दन शर्मा प्रभाकर चुकेका हुन । हुनत बिषयको संवेदनशीलतालाई नबुझ्ने नेता जनार्दन होइनन् । तै पनि उनी संसदमा चुके । जब संसदमा शर्माले बोले र उनको प्रस्तुति विवादित बन्यो तब जिल्लाबाट घटनाको रिपोर्टिङ सही नभएको भन्ने आशंकाको सुबिधा आम मान्छेहरूलाई प्राप्त भयो । त्यही कमजोर बिन्दुमा टेकेर समाजलाई अस्थिरता र बिभाजनतिर धकेल्नेहरूले शर्मालाई कमजोर बनाउन सकिन्छ कि भन्ने भ्रम पालेर बसेकाहरूले घटनालाई निरन्तर उचालि रहे ।
यसका लागि केही सुझावहरू :- सामाजिक साँस्कृतिक रूपान्तरणको नमुना कर्णाली प्रदेश बन्ने आधारहरू प्रशस्त छन । अब ठोस , नीति र कार्यक्रम एउटा ढाँचामा आउन आवश्यक छ । साँस्कृतिक रूपान्तरण भन्ने तर उपलब्धिमा देखाउन सकिएन भने यो केवल भन्ने कुरा मात्र ठहर्छ । फगत कुरा मात्र हुन्छ । केवल नारा मात्र हुन्छ । त्यसैले यो बिषयमा ठोस योजना र कार्यक्रमहरू के के हुन भनेर कार्यक्रमिक रूपले उपलब्धिमा देखाउन आवश्यक छ । जस्तो संगठनको क्षेत्रमा के के गर्ने हो , राजनीतिक क्षेत्रमा के हो , आर्थिक क्षेत्रमा के हो ? यी सबै प्रश्नहरूको कार्यनीति र रणनीति के हुने ? यी प्रश्नहरूको जवाफी खाका नेतृत्वले दिन सके साँच्चिकै कर्णाली प्रदेश देशको एउटा नमुना पाठशाला हुन सक्छ । किनकि स्थापित नेतृत्व र जनअपेक्षाको आधारबाट हेर्दा यो सम्भवछ । जनार्दनको चुलिंदो राजनीतिक प्रभाव :- जनार्दन अर्थमन्त्रीमा नियुक्ति भए संगै यतिबेला सामाजिक सञ्जाल र कतिपय आमसञ्चार माध्यममा उनको व्यापक समर्थन र अलि घुइरो बिरोधका स्वरहरू घन्किरहेका छन । सकारात्मक या नकारात्मक दुबै हिसाबले गरिएका बिघ्न चर्चा परिचर्चाले जनार्दन शर्मा प्रभाकरको राजनीतिक उचाइ र प्रभाव घट्ने नभई राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा पनि उनको भुमिका अझ बढेको , थपिएको , चुलिएको र थप व्यापक भएको सहज अनुमान गर्न सकिन्छ ।
सोती घटनाको वास्तविकता र भ्रम के हो ?
वास्तविकता नं १ :- सदीयौंदेखि कथित हिन्दु नेपाली समाजमा रहेको विभेदकारी उच्च जातीय अहंकारवादको नाङ्गो बर्बरता , पाशविकता र निकृष्ट रूपमा ब्यक्त भएको अत: आजको सिंगो मानव समाजको मानवीय सोच , सभ्यता र चेतनामा गंभीर प्रश्न उठ्ने गरि घटाइएको एउटा नरसंहार घटना हो सोती । जहाँ अन्तरजातीय प्रेम सम्बन्ध भएको कारण प्रेमी नवराज बिक लगायत ६ जना निहत्था किशोरहरूको सामुहिक हत्या भएको थियो । हिन्दु उच्च जातीय अहंकारवादी दृष्टिकोणबाट निर्देशित उक्त घटना जातीय विभेदकै कारण घटेको हो भन्ने कुरामा कुनै शंका छैन । जुन कुरामा जनार्दन शर्मा प्रभाकर प्रष्ट छन र पारेका छन ।
वास्तविकता नं २ – सोती घटनाका मुख्य अभियुक्तको रूपमा रहेका माओवादी केन्द्र पार्टीबाट निर्वाचित वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत ३४ जना ब्यक्तिहरू घटनामा संलग्न भनी पीडितहरूको तर्फबाट रूकुम पश्चिम प्रहरी कार्यालय र सम्मानित जिल्ला अदालत रूकुम पश्चिममा गरिएको किटानी जाहेरीका आधारमा पक्राउ परि सर्वोच्च अदालतको पछिल्लो थुनछेक बहस फैसलाले विगत झण्डै १३ महिनादेखि पुर्पक्षका लागि वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतका ब्यक्तिहरू जेलमा छन । प्रायःजसो ती सबै ब्यक्तिहरू माओवादी केन्द्र पार्टीमा आस्था राख्ने ब्यक्तिहरू हुन । त्यतिमात्र नभई नेता जनार्दन शर्मा प्रभाकरको पक्षमा उभिएर मतदान गरि जिताउन महत्त्वपूर्ण भुमिका खेलेका प्रतिबद्ध मतदाताहरू पनि हुन । त्यसैले पनि यो घटनामा संलग्न अभियुक्तहरूलाई कतै जनार्दनले छुटाउँ छन् कि भनेर आशंका गर्नु कुनै अन्यथा होइन ।
वास्तविकता नं ३ – जनार्दनले चाहेको भए सबै अभियुक्तहरूलाई छुटाउन सक्थे । यदि उनले त्यसो गरेको भए स्थिति के हुन्थ्यो ? या त समाज फेरि पीडितहरूको तर्फबाट प्रतिरोध र आक्रमणको त्राहिमानमा बाँच्नु पर्थ्यो । या त उच्च जातीय अहंकारवादीहरूले फेरि समाजमा मत्ता साँढे झैं बुकुर्सि मार्थे । निश्चय नै त्यसले हाम्रो समाजलाई कहिल्यै नटुङ्गिने भड्काव र द्वन्दमा धकेल्न सक्थ्यो तर त्यो भएन राम्रै भयो । यसमा शर्माले दोषीहरू नछुटुन र निर्दोषहरू नफसुन भनेर छानबिनमा सघाउन आवश्यक ठाउँमा निर्देशन गरे । शर्माले घटनाका सबै पक्षलाईलाई संयम हुन अनुरोध र अपिल गरे । त्यसको साथसाथै आफु पीडितहरूको न्यायको पक्षमा रहेको एवं पीडितहरूलाई कानुनी लडाइबाट अघि बढ्न अनुरोध गरे । वास्तविक दोषीहरू छुट्नु हुँदैन भनेर सार्वजनिक बक्तव्य र आमसञ्चार माध्यममा आफ्ना धारणा र दृष्टिकोणहरू ब्यक्त गरे । त्यसकारण शर्मामाथिको त्यो आरोप सही छैन । बरू सही के हो भने किटानी जाहेरीमा परेका सबै ब्यक्तिहरूलाई सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित सबै निकायलाई निर्देशन गरे
वास्तविकता नं ४ – सोती घटना भर्सेज जनार्दन कसरी हुन सक्छ ? यो प्रश्नमा राजनीतिक , आर्थिक ,सामाजिक र समाजशास्त्रीय दृष्टिकोण र नेपाली समाजको बिद्दमान सामाजिक संरचना र त्यसभित्रका तमाम अन्तरबिरोधहरूलाई केलाएर हेर्न आवश्यक छ । सोती घटनाको पछाडि नेपाली समाजको बिद्दमान विभेद र असमानतासहितको सामाजिक संरचना दोषी छ । त्यसको आडमा सोती घटना घटेको छ । देशभरका धेरै ठाउँमा सामाजिक विभेद र असमानताका कयन घटनाहरू घटेका छन । यसको मुख्य जड विभेद र असमानतामा टिकेको कथित हिन्दु खस उच्च जातीय अहंकारवादी सामन्तवादी अभिजात बर्गीय सामाजिक संरचना हो । यिनै गलत संरचनाहरूलाई भत्काएर राजनीतिक , सामाजिक , आर्थिक , र साँस्कृतिक सम्मानसहितको नयाँ संरचना निर्माण गर्न दस बर्षे कठिन जनयुद्धमा होमिएका जनार्दनलाई घटनामा जोड्नु उपयुक्त तर्क होइन । त्यसमा पनि सामाजिक भेदभाव र छुवाछूत मुक्त नमुना जिल्लाको रूपमा स्थापित रूकुममा यो खालको घटना घट्नु वास्तवमा दुखद कुरा हो । यसको नैतिक जिम्मेवारी राज्यले लिनैपर्छ । न कि जनार्दनले ?
वास्तविकता नं ५ – कथित हिन्दु नेपाली समाजको सामाजिक संरचना , विभेद र असमानतामा जकडिएको साँस्कृतिक चेतना अझै कति जब्बर रहेछ भन्ने कुरालाई बुझ्न सोती घटना काफी हुन्छ । तसर्थ राजनीतिक परिवर्तन भएपनि विभेद र असमानतामा टिकेको सामाजिक संरचना गुणात्मक रूपमा परिवर्तन हुनसकेको छैन । यसको मुख्य कारण राजनीतिले सामाजिक साँस्कृतिक रूपान्तरणको पाटोलाई आत्मसात गर्न नसक्नु हो । उपसंहार :- सामाजिक साँस्कृतिक रूपान्तरणको लागि सोती घटना एउटा महत्त्वपूर्ण शिक्षा हो । सिंगो राज्य ब्यबस्थाको आमूल परिवर्तन र नयाँ राज्य ब्यबस्था निर्माणका लागि जनयुद्ध एउटा महत्त्वपूर्ण हतियार थियो । त्यो हतियारले तत्कालीन राज्य ब्यबस्थालाई आंशिक रूपमा परिवर्तन हुन बाध्य त बनायो तर सामाजिक रूपमा स्थापित विभेदकारी सामाजिक संरचना र त्यसका घृणित मूल्य मान्यताहरूलाई ठेगान लगाउने ठोस योजना र ठोस कार्यक्रम बनाएर लागू गर्न सकेन । राजनीतिले यो बिषयलाई आत्मसातिकरण गर्न सकेन । ठोस नीति तथा कार्यक्रम बनाएर राज्य र राजनीतिले विभेदकारी संस्थागत संरचना र ब्यबहारमाथि हस्तक्षेप गर्न सकेन । जसले गर्दा आज हाम्रो अगाडि विभेदजन्य र आपराधिक घटनाहरू घटिरहेका छन । जनयुद्ध रूपी हतियारले नेपाली समाजमा रहेका तमाम विभेद र असमानताका गर्धनहरूलाई छिनाल नसक्दा पछिल्लो समय घटेको सोती घटना त्यसकै निरन्तरता हो । यो नकारात्मक निरन्तरतालाई रोक्न आजकैदेखि आफैबाट सामाजिक साँस्कृतिक रूपान्तरणको अभियानमा लगौं ।