मुसिकोट । जननायक विश्वेश्वरप्रसाद कोईरालाले नेपालको राजनैतिक एवं साहित्यक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै रुकुम पश्चिममा ३९ औं विपि स्मृति दिवस मनाएको छ ।
कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिकै बिच व्यक्तिगत सुरक्षा तथा सावधानीका उपायहरु अवलम्बन गरेर रुकुम पश्चिममा विपि स्मृति दिवस मनाएको हो ।
नेपाली कांग्रेस रुकुम पश्चिमले बुधबार मुसीकोट नगरपालिका-१ खलंगा जिल्ला प्रहरी कार्यालय नजिकै रहेको विपिको शालिकमा माल्यार्पन गरी श्रदाञ्जली व्यक्त गरिएको हो।
नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली, पूर्व राज्य मन्त्री गोपालजी जङ शाह, पूर्व पार्टि सभापति एवं राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मान बहादुर नेपाली, नेपाली काँग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्थानका सदस्य कृष्ण बहादुर रोकाय, नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्का, मुसिकोट नगर सभापति मेहेन्द्र केसी, काँग्रेस महाधिबेशन प्रतिनिधि सिता ओली , नेपाल महिला संघकी अध्यक्ष मनिषा भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुले विपिको शालिकमा श्रदाञ्जली अर्पन गरेका थिए ।
कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । वि.स. १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।




