रुकुमकोट । रुकुम पूर्व अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग प्राप्त भएको छ । कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै बिहिबार एक कार्यक्रमका बिच दुई वटा अक्सिजन कन्सनट्रेटर रुकुम पूर्व अस्पताललाई हस्तान्तरण गरिएको छ ।
स्थानीय समाजसेवी मदन शाहकाे समन्वयमा एक एक पाईला अभियान काठमाडौंले १० लिटरको र राप्ती समाज युकेले ५ लिटरको एक वटा अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हाे ।
आज एक कार्यक्रमका बिच उक्त सामग्री समाजसेवी मदन शाहले अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओलीलाई हस्तान्तरण गर्नु भएको छ।