काठमाडौँ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नामावली पठाउन पत्राचार गरेको हो ।
मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले आज एक सूचना जारी गर्दै निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय र आयोगहरूमा कार्यरत कर्मचारी समेत समेटेर साउन ३२ गते भित्र मन्त्रालयमा प्राप्त हुने गरी नामावली पठाउन भनेका छन् । निजामती सेवा दिवस मूल समारोह समितिको साउन १३ गते नामावली पठाउने निर्णय गरेको थियो ।



