मुसिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय एसएसबीका कारण दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै त्यसको विरोधमा आज प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा ‘भारतीय हस्तक्षेप बन्द गर’, भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या, हिंसा बन्द गर’सन् १९५० लगायत सबै असमान सन्धि , सम्झौता खारेज गर , गोर्खा भर्ती केन्द्र खारेज गर लगायतका नारा लगाएका थिए ।
दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदीमा तुईनबाट तर्ने क्रममा भारतीय एसएसबीले तुईनको तार काटिदिएर जयसिंह धामी बेपत्ता भएको भन्दै उक्त घट्नाको विरोधमा देशव्यापी रुपमा प्रदर्शन भैरहेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले पनि विरोध सभा सम्पन्न गरेको छ। मुसिकोट खलंगामा सम्पन्न विरोध सभामा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व), जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सल्लाहकार समिति सदस्य प्रेमबहादुर खड्का लगायतको नेतृत्वमा विरोधसभा भएको थियो ।
कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य मोतीराम खड्काले गर्नुभएको थियो । विरोध कार्यक्रममा बोल्दै नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व) ले जयसिंह धामीको हत्याको दोषीलाई कारबाहीको माग गर्नुभएको छ । कालिका मन्दिरबाट बाट ¥याली शुरु भई पुनः कालिका मन्दिरमा आएर कार्यक्रम सभामा परिणत भएको थियो ।
यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडी बजारमा पनि प्रर्दशन गरिएको नेकपाले जनाएको छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/08/231672972_3510926475677386_3752367877414236559_n.jpg?resize=640%2C480&ssl=1)