रुकुमकोट । पछिल्लो समय रुकुम पूर्वमा ग्रामीण सडकमा चल्ने सवारी साधानको भाडा महंगो भएको गुनासो बढे पछि नयाँ निर्धारण गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा सबेको सर्वपक्षिय बैठक मार्फत भाडादर निर्धारण गरिएको हो ।
जिल्ला भर लामो समय भएको लकडाउनका कारण सवारी साधन चल्न सकेका थिएनन् । जिल्ला प्रशासन कार्यालयले लकडाउन केहि खुकुलो बनाउदै सवारी साधन संचालन गर्ने भने पछि सवारी धनीले आफुखुसी भाडा असुल्ने गरेको गुनासो बढे पछि भाडा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तर प्रदेशमा संचालन हुने सवारी साधनको लागि असार मसान्तमा सरकारले बढाएको २८ प्रतिशत लागु हुने गरि भाडा समायोजन गरिएको छ भने प्रदेश भित्र र स्थानीयतहमा संचालन हुने सवारी साधनको भाडा भने बढाइएको छैन । बैठकले जिल्ला भित्रका बिभिन्न ठाउँमा जाने सवारी साधन र रुकुम पश्चिममा चल्ने सवारी साधनको भाडा निर्धारण गरेको हो ।
यस्तो छ भाडा दर


