रुकुमकोट । प्रतिमा-निमा मेमोरियल फाउण्डेसनको सहयोगमा जिल्ला अस्पताल रुकुम पूर्वलाई विभिन्न स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराइएको छ । पूर्व स्वास्थ्यमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहराको आमा बुवाको सम्झनामा स्थापना गरिएको प्रतिमा-निमा मेमोरियल फाउण्डेसनले बीस लाख बराबरका आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो ।
स्थानीय समाजसेवी मदन शाहको समन्वयन र पहलमा उक्त सामाग्रीहरु उपलब्ध गराइएको हो । कोभिड-१९ का बिरामीहरुको उपचारमा सहयोग पुग्ने हेतुले स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको स्थानीय समाजसेवी एवं पहलकर्ता मदन शाहले जानकारी दिनुभएको छ ।
मंगलबार फाउण्डेसनले जिल्ला अस्पताल रुकुम पूर्वमा एक कार्यक्रमका बिच १० लिटरका ७ वटा अक्सिजन कन्सनट्रेटर, ४० लिटरका ५ वटा अक्सिजन सिलिण्डर, ५ सेट अक्सिजन रेगुलेटर, १५ जना बिरामी राखेर उपचार गर्न मिल्ने मेडिकल टेण्ड एक सेट, १ वटा आईसियू बेड , पुन: प्रयोग गर्न मिल्ने १ सय २५ थान पिपिई सेट, १ सय २५ वटा सर्जिकल मास्क, सर्जिकल क्याप १ सय २५ वटा, जुत्ता १ सय २५ थान, सर्जिकल ग्लोब्स १ सय २५ वटा, सर्जिकल मास्क ५ सय वटा, फेश शिल्ड १ सय वटा, हेड सर्जिकल क्याप १ सय वटा र ५० लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु अस्पताललाई प्रदान गरेको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति रुक़ुम पूर्व प्रमुख गजेन्द्र बहादुर ओली, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटा, डा. गणेश चौधरी, डा. प्रणय राणा, फाउण्डेसनका निर्देशक धर्म बहादुर केसी, स्थानीय समाजसेवीहरु गोपाल रेउले, हरिहर पौडेल, भाबना बिसी, अस्पताल बिकास समिति अध्यक्ष फत्तेकुमारी ओली र डिल्ली केसी लगायतको सहभागिता रहेको थियो ।
