घोराही । अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजले रोल्पा माडी गाउँपालिका– ४ रिजाबाङ निवासी पवित्रा घर्ती मगरलाई एक लाख ७० हजार ९ सय ८९ रुपैयाँ सहयोग गरेको छ ।
गत असार २८ गते भिरबाट लडेर टाउँकामा गम्भिर चोट लागेकी घर्तीलाई सो रकम प्रदान गरिएको हो । समाजका केन्द्रीय उपाध्यक्ष टोपबहादुर पुन, केन्द्रीय सदस्य डिलाराम वली र समाजका दुबै सल्लाहकार जिके दङ्गालीले संयुक्तरुपमा सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी घर्तिको हालसम्म साढे ४ लाख रुपेयाँभन्दा बढी उपचारमा खर्च भइसकेको छ । घर्तीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले समाजले सहयोग हस्तान्तरण गरेको हो ।