मुसिकोट । रुकुम पश्चिममा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको र पछिल्लो समय संक्रमण दर पुन बढ्न थालेको भन्दै सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
जिल्लामा यसअघि साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको थियो । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै रुकुम पश्चिममा बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।
जिल्लामा पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ । जिल्लामा हालसम्म ८ हजार ८ सय १७ जनाको परीक्षण गर्दा २८ सय ६४ जना संक्रमित भएकोमा ३३ जनाको मृत्यु भएको छ । ७० जना अन्यत्र रिफर भएकोमा हाल ३ जना जिल्ला अस्पताल सल्लेमा उपचाररत रहेका छन ।
यसका साथै १ सय ४ जना होम आइसोलेशनमा रहेको र २६ सय ५४ जना उपचार पश्चिात निको भएकोमा हाल जिल्लाभर १ सय ७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै जिल्लामा निषेधाज्ञा खुकुलो भएपनि तत्काल बिद्यालयहरु भने खोल्न पाइने छैन् । बिद्यार्थीहरुको भौतिक उपस्थितिमा पठन-पाठन संचालन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभएको छ । उहाँका अनुसार निषेधाज्ञा अवधिभर ब्यापार, व्यवशाय बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाईने छ ।
विवाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यमा बढीमा २५ जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर गर्न भने पूर्ण रुपमा बन्देज लगाइएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयहरु:

