सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ। कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो।
यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ। यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ।