
उ अलिकति मात्रै उठेको के थियो,
खसाउनेहरुको जमात नै भएछ !
अलिकति मात्रै उ बांचेको के थियो,
उस्लाई जलाउनेहरुको होड नै चलेछ !
उधारोमा खुशीहरु बेचिने शहरमा
उ उधारोमै खुशीहरु खोजिरहेछ !
र लिलामीको उधारो बजारमा
सकार गरिएका खुशीहरुभित्र,
खुशीकै मूल्यमा
उ अचेल खुशीहरु बेचिरहेछ !
भरतपुर्, चितवन