नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गरेको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो समूहले यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा पौडेलले भने, “डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो ।
त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो । यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ । फेरि चुनाव गराउनुपर्छ । हामीलाई फेक चुनावको मान्य छैन । निर्वाचन समितिले मान्यता दिनुहुँदैन ।”
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/09/RC1.jpg?resize=640%2C818&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2021/09/RC2.jpg?resize=640%2C863&ssl=1)