शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो ‘हामी तिहारलगत्तै मन्त्रीज्यूसँग एक पटक छलफल गरेपछि विज्ञापन खुलाउने आन्तरिक तयारीमा छौं ।’ आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।
नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।