नेपाली कांग्रेसको आउँदो पुस २४ गतेदेखि काठमाडौंमा हुन लागेको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका सत्तारूढ दल, प्रमुख प्रतिपक्षीलगायत दलको सहभागिता हुने भएको छ ।
विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा), प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस (कांग्रेस आई) र कम्युनिस्ट पार्टी माओवादीले सहभागिता जनाउने ‘कन्फर्मेसन’ पठाएका छन् ।
चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले सहभागिता जनाउने/नजनाउने भन्ने टुंगो गरिसकेको छैन । संयोजक डा. महतका अनुसार आजभोलि नै कन्फर्मेसन आउने जानकारी पार्टीले दिएको छ ।
“भारतबाट कन्फर्म भयो, चिनियाँ कम्युनिस्ट पार्टीले कन्फर्म गरिसकेको छैन । कोरोनाका कारण दलहरू आउन डराएका छन्,” उनले भने ।
उनका अनुसार कांग्रेसले दक्षिण एसियाका मुख्य दलहरूलाई सहभागिताका लागि निमन्त्रणा पठाएको छ । निमन्त्रणा पठाउने काम सम्पन्न भए पनि कोभिड–१९ का कारण धेरै दलहरूको सहभागिता हुन सक्ने अवस्था नरहेको उनले बताए ।