आज बिहानैदेखि सिरहामा निषेधाज्ञा गरिएको छ। जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।