माघ १६ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान चलाइने

माघ १६ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान चलाइने

माघ १६ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान चलाइने भएको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाँडसहित स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा बसेको बैठकले कोरोना सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । सीसीएमसीसीले यही माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य बोक्नु पर्ने निर्णय गरेको छ ।

बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज कसरी पुर्याउने विषयमा पनि छलफल भएको छ । त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्ने कोइरालाले जानकारी दिनुभयो। त्यस्तै बैठकले जहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनु पर्ने व्यवस्था गर्न भनेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार