मुसीकोट । रुकुम पश्चिममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सोमबारसम्मको प्राप्त रिपोर्ट अनुसार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार जिल्ला अस्पताल सल्लेमा ११ जना‚ चौरजहारी नगरपालिकामा २ जना‚ त्रिवेणी गाउँपालिकामा २ जना र आठबीसकोट नगरपालिकामा ४ जनामा गरि जम्मा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १३० पुगेको छ । उनीहरु मध्य ३ जना अस्पतालमा उपचाररत छन भने १२७ जना होम आइसोलेसनमा रहेका छन।
यस्तै सूचना अधिकारी ओलीका अनुसार सोमबारसम्ममा १५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।