मुसिकोट । रुकुम जिल्ला अदालतको नियमित सेवा आईतबार (माघ २३ गते) देखी सुचारु हुने भएको छ ।
रुकुम जिल्ला अदालतका श्रेष्तेदार उप-सचिव कृत बहादुर बोहराका अनुसार अदालतमा कार्यरत अधिकाश कर्मचारीहरुलाई कोभिड-१९ को संक्रमण देखिएपछि माघ ११ गतेदेखि अदातलबाट प्रदान गरिने नियमित सेवाहरु स्थगित गरिएको थियो ।
अदालतका सबै कर्मचारीहरुको कोरोना परिक्षण गरिएको र संक्रमणको जोखिम कम भएपछि आईतबार देखी सेवा सुरु गरिने जनाएको छ ।
