मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ को मुग्लुखोलमा निमार्ण गरिएको सहिद गेट उद्घाटन गरिएको छ । आईतबार २७ औँ जनयुद्ध दिवसको अवसरमा मुसिकोट नगरपालिका प्रमुख देबिलाल गौतमले उद्घाटन गर्नुभएको हो ।
सोहि वडामा सशस्त्र द्वन्द्वकालमा राज्य र बिद्रोही पक्षबाट मारिएका ६ जना सहिदहरुको सम्झानामा मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा उक्त सहिद गेट निमार्ण गरिएको हो ।
यस्तै नेकपा माओवादी केन्द्र मुसीकोट १३ को वडा कमिटिले ५ जना सहिद परिवारलाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।
मुग्लुखोलामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पुन, केन्द्रीय प्रचार विभाग सदस्य तथा प्रदेश समिति सदस्य गोविन्द रोका (सचिन), मिलन खड्का (सम्झना), बुद्धिप्रसाद शर्मा, माओवादी नेता गोप्यश्वर केसी, नगर समिति अध्यक्ष धिरन शिर्पाली, मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी, वडा सदस्य खलबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
