मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले सडक तथा सार्वजनिक स्थानहरूमा जथाभावी रुपमा निर्माण सामाग्रीहरू नराख्न निर्देशन दिएको छ ।
मंगलबार नगरपालिकाले एक सूचना जारी गर्दै सडक तथा बजार क्षेत्रमा निर्माण सामाग्री नराख्न र राखेको पाइएका कारबाही गर्ने चेतावनी दिएको हो ।
नगरपालिका क्षेत्रभित्रका खलंगा लगायतका विभिन्न बजार क्षेत्रका सडकहरू र अन्य सार्वजनिक क्षेत्रहरूमा जथाभावी रुपमा राखिएका निर्माण सामग्रीहरु तत्काल हटाउन सूचनामा उल्लेख गरिएको छ ।
निर्माण सामग्री तत्काल नहटाए कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
अहिले पनि खलंगा बजारको पुष्पलाल चोक, कृषि विकास बैक नजिक लगायतका क्षेत्रका सडक छेउछाउमा निर्माण सामग्रीहरू गिटी, बालुवा, ढुंगा राखिएकाले सवारी आवागमन तथा पैदलयात्रीहरूलाई अप्ठ्यारो हुने गरेको छ ।
नगरपालिका द्धारा जारी गरिएको सूचना :