मुसीकोट। स्थानीय तहको चुनावको मिति घोषणासँगै नेपाली काँग्रेस रुकुम पश्चिम को मुसिकोट नगर कार्यसमितिले नियमित जनभेटघाट अभियान सञ्चालन गरेको छ । नगरसमितिले टोल टोलमा पुगेर पार्टीको बैठक तथा विभिन्न गतिविधिहरू सञ्चालन गरिहेको छ ।
जसअन्तरगत शुक्रबार नगरपालिकाको वडा नम्बर १ सल्ले र कैलदेउमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । सल्लेमा भएको भेलाले राजन बोहराको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल र बिनीता थापाको अध्यक्षतामा १७ सदस्यीय नेपाल महिला संघ गठन गरिएको नेपाली काँग्रेस मुसीकोट नगर सचिव सूर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।
यस्तै मुसीकोटकै वडा नम्बर १ कैलदेउमा पनि जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलदेउमा भएको भेलाले तीले बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय टोल कार्यसमिति र सुजल बिसीको अध्यक्षतामा २७ सदस्यीय नेपाल तरुण दल गठन गरिएको सचिव शर्माले जानकारी दिनुभयो । उक्त भेलाले मना केसीको अध्यक्षतामा १७ सदस्यीय नेपाल महिला संघ पनि गठन गरिएको छ ।
नेपाली काँग्रेस मुसीकोट वडा नम्बर १ का सभापति विष्णु चन्दको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, नेपाल महिला संघका सचिव एवं महाधिवेशन प्रतिनिधि बालकुमारी गिरि, नेताहरू टेक बहादुर बिसि, टेक बहादुर कुसारी, काली बहादुर महतारा, नगर सचिव काली बहादुर खड्का लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताईएको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            