मुसीकोट नगरपालिकाको दशौं नगरसभा सम्पन्न

मुसीकोट नगरपालिकाको दशौं नगरसभा सम्पन्न

मुसीकोट । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर ५, सेरीगाउँको शहिद प्रतिष्ठानको सभाहलमा नगरसभा सम्पन्न भएको हो ।

नगरसभामा उपप्रमुख प्रेम कुमारी सुनार केसीले आर्थिक बर्ष २०७८/०७९ हालसम्मकोे प्रगति विवरण प्रस्तुत गर्नुका साथै आर्थिक बर्ष २०७८/०७९ हालसम्मको कार्यपालिका बैठकका निर्णय, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालयबाट भएका सम्पूर्ण निर्णयहरु र अन्य बिषयगत समिति तथा शाखाहरुबाट भएका बैठकका निर्णय अनुमोदनका लागि पेश गर्नुभएको थियो ।

त्यसैगरि नगरसभामा मुसिकोट नगरपालिकाले तयार गरेको भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । सभामा केहि सदस्यहरुले जिज्ञासा राखेका थिए । सभाका अध्यक्ष एबं नगर प्रमुख देवीलाल गौतमले बैठकमा पालना गर्नुपर्ने आचरणहरु पढेर सुनाउनुका साथै नगर सभामा उठेका बिषयमा उठेका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न दशौं नगरसभामा जिल्ला समन्वय समितिका सदस्य निर्मला रसाईली र नौमा घर्ती, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

नगर सभाका अध्यक्ष एबं नगर प्रमुख देवीलाल गौतमको अध्यक्षतामा सम्पन्न नगरसभामा उठेका सबै बिषयबस्तुमा छलफलपछि सोमबार नै नगर सभा सम्पन्न भएको नगरपालिकाका प्रबक्ता निर्मल कुमार पुनले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार