रुकुम (पूर्व) जिल्ला अस्पतालको अध्यक्षमा गणेश ओली

रुकुम (पूर्व) जिल्ला अस्पतालको अध्यक्षमा गणेश ओली

रुकुमकोट । रुकुम (पूर्व) जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पत्रकार गणेश ओली मनोनित हुनु भएको छ ।

आइतबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले ओलीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

ओली लुम्बिनी प्रदेश सभाका सभामुखको प्रेस सल्लाहाकारको भूमिकामा रहनुभयो । उहाँ विगत लामो समय देखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

यस अघि रुकुम (पूर्व) अस्पतालको अस्पताल विकास समिति अध्यक्षमा फत्ते कुमारी ओली हुनुहुन्थ्यो । २०७६ म‌सिर ५ गते रुकुम (पूर्व)  जिल्ला अस्पतालको उद्घाटन भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार