सबै नागरिकलाई कोरोनाको खोप दिइसक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

सबै नागरिकलाई कोरोनाको खोप दिइसक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी वैशाख १० गतेसम्म सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइसक्न आग्रह गरेको छ।  वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप लगाइसक्न आयोगले आग्रह गरेको हो।

स्थानीय तहको निर्वाचनका लागि पूर्व तयारीमा रहेको आयोगले तयारीका कार्यक्रमहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ।

आयोगले निर्वाचनसम्बन्धी भेला, आमसभा, र्‍याली र गोष्ठी तथा स्थानीय तहमा अन्य निकायबाट हुने तालीम, गोष्ठी, सेमिनार, बैठक, भेला, मतदाता नामावली अद्यावधिक कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनेको छ। यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भए/नभएको बारे स्थानीय प्रशासनले अनुगमन गर्ने पनि आयोगले जनाएको छ।

मनोनयन पत्र दर्ता, निर्वाचन चिह्न वितरण, निर्वाचन प्रचार-प्रसार परिचयपत्र वितरण, मतदान, मतगणना र परिणाम घोषणा लगायतका कार्यक्रमहरू सञ्चालन गर्दा तथा सहभागी हुँदा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सावधानीपूर्वक कार्यक्रम गर्ने गराउनेतर्फ स्थानीय प्रशासनमार्फत् आवश्यक व्यवस्था गरिने पनि आयोगले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार