बुद्धिजीवी परिषदको अध्यक्षमा शर्मा र मानव अधिकार एलायन्समा बस्त्राकार चयन

बुद्धिजीवी परिषदको अध्यक्षमा शर्मा र मानव अधिकार एलायन्समा बस्त्राकार चयन

मसीकोट । नेपाल बुद्धिजीवी परिषद जिल्ला कमिटि रुकुम पश्चिमको अध्यक्षमा ढुण्डीराज शर्मा चयन हुनुभएको छ । मंगलबार मुसिकोटमा भएको परिषदको सातौ जिल्ला अधिवेशनबाट ढुण्डीराज शर्माको अध्यक्षतामा नयाँ कमिटि बनाईएको हो ।

कमिटिको उपाध्यक्षमा हृदया पौडेल र कमप्रसाद देवकोटा चयन हुनुभएको छ भने सचिवमा अकबिर घर्ति, सहसचिवमा मनिषा केसी र कोषाध्यक्षमा जगत बहादुर ओली चयन हुनुभएको छ ।

सदस्यहरुमा डा.केहल बिक्रम जिसी, टंकलाल सन्यासी, ठकेन्द्र चन्द, भुवनेश्वर उपाध्याय, जसबिर रेउले, गंगाबहादुर कार्की, हरिबिष्णु ओली र लक्ष्मी प्रसाद लम्साल चयन हुनुभएको छ ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) रुकुम पश्चिमको छैठौं जिल्ला अधिवेशनबाट खड्क बस्त्राकार सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको छ ।

एलायन्सको उपाध्यक्षमा कमला बुढा, सचिवमा भिमराज ओली, सहसचिवमा टोपेन्द्र हमाल र कोषाध्यक्षमा माया बोहरा चयन हुनुभएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो । एलायन्सको सदस्यमा खम्बे रावत र ज्योती परियार चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार