नेपाली कांग्रेस मुसीकोटको पहिलो चरणको जनभेटघाट कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस मुसीकोटको पहिलो चरणको जनभेटघाट कार्यक्रम सम्पन्न

 मुसीकोट । नेपाली कांग्रेस रुकुम पश्चिम मुसीकोट नगरपालिकाले पहिलो चरणको चुनावी अभियान अन्तरगतको जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस मुसीकोट नगर समितिको अगुवाइमा माघ १० गतेबाट सुरु भएको जनभेटघाट तथा संगठन सुदृढीकरण अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको हो ।

अभियान अन्तर्गत नगरपालिकाका १४ वटै वडामा पार्टी कार्यालय स्थापना गरिएको छ । अभियानमा तरुण दल, नेविसंघ, महिला संघ, दलित संघलगायत सबै भातृ संस्थाहरूका वडा र टोल समितिहरू गठन गरिएको नेपाली काँग्रेस मुसीकोट नगर सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

सचिव शर्माका अनुसार सबै टोलटोलमा पार्टीका क्रियाशील र साधारण सदस्यहरूलाई चुनावी अभियानमा परिचालन गर्ने उद्देश्यसहित विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

पहिलो चरणको अभियान सकिएसँगै दोस्रो चरणको चुनावी अभियान सुरु गरिने सचिव शर्माले बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबै कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार