निजामती कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्षमा कटुवालको उम्मेद्वारी 

निजामती कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्षमा कटुवालको उम्मेद्वारी 

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनमा राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा कार्यरत नायब सुब्बा उत्तमकुमार कटुवालले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनुहुने भएको छ । उहाँ वर्तमान कार्यसमितिका खुल्ला केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । 

झापाको अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा कटुवाल २२ वर्षदेखि निजामती सेवामा कार्यरत हुनुहुन्छ । देशैभरि संगठन निर्माण गर्ने अभियन्ताको रुपमा चिनिने उहाँ मिलनसार, बौद्धिक क्षमता भएको, निडर, इमानदार र सबै कर्मचारीलाई मिलाएर लिनसक्ने कर्मचारी हुनुहुन्छ । 

हालसम्म नआएको निजामती सेवा ऐन ल्याउने उहाँको पहिलो प्राथमिकता छ । समायोजन ऐनमा बिग्रिएका कुराहरू सम्बोधन गर्ने दोस्रो प्रयास रहेको उहाँले बताउनुभयो । ‘नासुको आशु सम्बोधन गर्ने मेरो तेस्रो प्रयास रहनेछ,’ उहाँले भन्नुभयो,‘समग्र निजामती क्षेत्रमा रहेको समग्र विकृतको अन्त्य गर्ने र निजामती कर्मचारीको शाखलाई उच्च राख्ने प्रयास मेरो सधैँ रहनेछ ।’

उहाँले गोपालप्रसाद पोखरेल नेतृत्वको टिमबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।  युनियनको नयाँ नेतृत्व चयनका लागि फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार