मुसीकोटमा सहिद परिवारलाई सम्मान

मुसीकोटमा सहिद परिवारलाई सम्मान

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सहिद परिवार तथा आफन्तहरुलाई सम्मान गरेको छ । नगरपालिकाले शनिबार नगर क्षेत्रभित्र रहेका शहिदका परिवार तथा आफन्तहरुलाई सम्मान गरेको हो ।

शहिद प्रतिष्ठानको सभाहल सेरीगाउँमा भएको कार्यक्रममा नगरपालिकाका कार्यबाहक नगर प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सामाजिक विकास समितिका संयोजक शुसिल गौतम र वाताबरण तथा बिपद् ब्यबस्थापन समितिका संयोजक बुद्धि प्रसाद बुढाले सहिद परिवार तथा आफन्तहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।

कार्यक्रममा सहिदका परिवारहरुलाई सहिदको चिनो उपहार स्वरुप काँसको थाली र यातायात खर्च बापतको जनही ५ सय रुपैयाका दरले उपलब्ध गराइएको कार्यबाहक प्रमुख प्रेम कुमारी सुनार केसीले जानकारी दिनुभयो ।

नगरक्षेत्रमा रहेका रुकुमेली कम्युनिष्ट आन्दोलनका पहिलो शहिद कामी बुढा जनयुद्ध र जनआन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने १०१ जना सहिद परिवारहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रम अनतर्गत जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद तथा बेपत्ता भएका सन्तति परिवारहरुलाई सम्मान गर्ने कार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र रहेका सहिद परिवार तथा आफन्तहरुलाई सम्मान गरिएको हो ।

कार्यबाहक नगर प्रमुख प्रेम कुमारी सुनार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, वाताबरण तथा बिपद् ब्यबस्थापन समितिका संयोजक बुद्धि प्रसाद बुढा, नगर क्षेत्रभित्र रहेका सहिद परिवार तथा आफन्तहरु, जनप्रतिनीधि, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार