रुकुमकोट । प्रगतिशील लेखक संघ रुकुम पुर्वको दोश्रो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले उपेन्द्रलाल कामीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
रुकुमकोटमा सम्पन्न अधिबेशनले २ सदस्य पछि थप्ने गरी १३ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित अध्यक्ष उपेन्द्रलाल कामीले बताउनुभयो ।
संघको उपाध्यक्षमा भुवनेश्वर उपाध्याय, सचिवमा डिकेन्द्र शाह, सहसचिवमा जयमान बुढा, कोषाध्यक्षमा लक्ष्मी बुढा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मोहन केसी, शिवकुमार शाही, दुर्गा बहादुर गौतम, कल्पना शाह, जमुना गौतम, प्रभाव गुरुङ रहनु भएको छ ।
जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख भिम कुमारी पुनको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष उपेन्द्रलाल कामीले सधै सत्य र न्यायको निम्ति परिवर्तनको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाउनु भएको छ ।