चौरजहारीमा भएको घटना प्रति एमाले रुकुम पश्चिमको आपत्ति

चौरजहारीमा भएको घटना प्रति एमाले रुकुम पश्चिमको आपत्ति

मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा फागुन २१ गते नेकपा एमाले र माओवादी केन्द्र विच भएको घटना प्रति नेकपा एमाले रुकुम पश्चिमले आपत्ति जनाएको छ । यदु स्मृती दिवसको कार्यक्रममा जादै गरेका आफ्ना कार्यक्रतालाई माओवादीका कार्यक्रताले निरघात कुटपिट गरेको भन्दै एमालेले कार्वाहिको माग गरेको हो ।

शनिबार युद स्मृती दिवसको कार्यक्रममा जादै गरेका एमालेका कार्यक्रतालाई धोजा पताङ्गा चुडाईदिएको बाहानामा निरघात कुटपिट गरेको एमाले रुकुम पश्चिमको आरोप छ ।

आईतबार एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटाले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कार्वाहि गर्न र घाईतेहरुको उपचार गर्न माग गर्नुभएको छ ।

सहिद स्मृती भवन अगाडिको सार्वजनिक सडकमा टागिएका धोजा पतङ्गा चुडाए पछि दुवैदलका नेता विच सहमति गरि धोजा पतङ्गा जोड्दिन गएको जिल्ला कमिटि सदस्य शसिराम शार्की र नगर कमिटि सदस्य लक्षे ओलीलाई कुटपिट गरि गम्भिर घाईते बनाएको एमाले रुकुम पश्चिमले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमाले रुकुम पश्चिमले जारी गरेको प्रेस विज्ञप्ती :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार